BIZMANDU
www.bizmandu.com

प्रवासबाट देउवाको अपिल, ‘एक अर्काको सहअस्तित्व स्वीकार गर्दै एकता र सहकार्य कायम राखौँ’

२०८३ साउन १४

प्रवासबाट देउवाको अपिल, ‘एक अर्काको सहअस्तित्व स्वीकार गर्दै एकता र सहकार्य कायम राखौँ’
प्रवासबाट देउवाको अपिल, ‘एक अर्काको सहअस्तित्व स्वीकार गर्दै एकता र सहकार्य कायम राखौँ’


काठमाडौं। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरी तथा मधेश प्रदेशका जिल्लाहरूमा जारी हिंसा थप भड्किन नदिन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। देउवाले सबै राजनीतिक दलहरूसँग सहकार्यका लागि पनि सरकारलाई आग्रह गरेका छन्।

Tata
GBIME

जेनजी आन्दोलनको केही समयपछि उपचारका लागि भन्दै विदेश गएका देउवाले प्रवासबाटै उक्त अपिल गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले एक अर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव र एकता कायमका लागि आग्रह समेत गरेका छन्।

देउवाले फेसबुकमा लेखेका छन् –

केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एक अर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो।

म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।

यस घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु।

जय नेपाल।