काठमाडौं। विभिन्न दलका मधेशका नेताले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका समिम अन्सारी र संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्यमार्फत सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।
उनीहरुले प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको शंकास्पद गतिविधिले तराईको स्थिति उग्र बन्दै गएको निष्कर्ष निकालेका छन्।
‘पाँचौं दिनसम्म मधेश जलिरहँदा पनि प्रधानमन्त्री मौन रहनु र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएकोले पनि घटना उग्र हुँदै गएको हाम्रो निष्कर्ष छ। अतः प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पारुन्,’ उनीहरुले विज्ञप्तिमा भनेका छन्।
पाँच नेताले घटनामा कुनै बाह्य तत्व, रोहिङ्गिया वा अन्य कुनै संगठित समूहको संलग्नता रहेको/नरहेको छानबिन गर्न माग गरेका छन्।
