काठमाडौं । सिरहाको गोलबजारमा भएको घटना अनुसन्धान गर्दा एसपीको कमान्डमा ३ सदस्य छानबिन टोली गठन भएको छ।
मधेश प्रदेश कार्यालयका एसपी भेषराज रिजाल, इन्सपेक्टर यज्ञराज भट्ट र सइ गोविन्द झाको टोली बनाइएको हो।
सुनसरी घटनालाई लिएर सिरहामा आज प्रदर्शन हुँदा चलेको गोली लागेर एकजनाको मृत्यु भएको थियो। त्यसपछि अवस्था थप बिग्रिएको हो।
गोली लागेर एकजना घाइते भएको र उनको उपचार भइरहेको छ।