काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना पार्टीका तर्फबाट मधेश र कोशीका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदलाई मधेशको हिंसा रोक्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
सुनसरी हुँदै तराईमा साम्प्रदायिक हिंसा मधेशमा फैलिएपछि लामिछानेले आज सांसदहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए।
त्यसक्रममा उनले सांसदहरुलाई आआफ्नो क्षेत्र पुग्न र अवस्था नियन्त्रणमा ल्याउन समन्वय गर्न निर्देशन दिएका हुन्।