BIZMANDU
www.bizmandu.com

मधेशको तनावले संसद् प्रभावित : १४ दिनपछि बसेको प्रतिनिधिसभा बैठक पाँच दिन धकेलियो

२०८३ साउन १४

मधेशको तनावले संसद् प्रभावित : १४ दिनपछि बसेको प्रतिनिधिसभा बैठक पाँच दिन धकेलियो
प्रतिनिधि सभाको बैठक। तस्वीर : रासस


काठमाडौं । प्रतिनिधि सभाको बैठक साउन १९ गतेका लागि बोलाइएको छ। १४ दिनपछि बिहीबार बैठक बसेको थियो।

Tata
GBIME

सुनसरी घटनापछि बढेको तनावका कारण अर्को बैठक ५ दिनपछि बोलाइएको हो। तराई मधेशमा तनाव देखिएपछि सांसदहरुमार्फत राजनीतिक संवाद बढाउनुपर्ने माग उठिरहेको छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले मधेशका सांसदहरुलाई निर्वाचन क्षेत्रमा फर्काउनका लागि छलफल थालिरहेका छन्।

तनावका बीच संसद चलाउन उचित नहुने बुझाइपछि संसद बैठक पाँच दिन धकेलिएको संसद् सचिवालय स्रोतले जनाएको छ।