BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा संबोधन गर्दै, बिहानैदेखि परेको थियो दबाब

२०८३ साउन १४

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा संबोधन गर्दै, बिहानैदेखि परेको थियो दबाब
प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा संबोधन गर्दै, बिहानैदेखि परेको थियो दबाब


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घट्नासँगै मधेश नै अशान्त बनेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। बेलुकी ६ बजे उनले सम्बोधन गर्ने तयारी गरेका हुन्।

Tata
GBIME

शाह सचिवालय स्रोतका अनुसार बिहानैदेखि उनलाई राष्ट्रका नाममा संबोधन गर्नुपर्ने दबाब बढेको थियो।

‘मधेश अशान्त भइसकेको छ। यसमा जनतालाईआश्वस्त बनाउन पनि राष्ट्रका नाममा सम्बोधन गर्न ढिला गर्न हुँदैन,’ सचिवालयभित्रकै केही सदस्यले बालेनलाई आग्रह गरेको स्रोतको भनाई उद्धृत गर्दै बिजमाण्डूसँग भने, ‘त्यसपछि प्रधानमन्त्री केहीबेर अघि सम्बोधन गर्न तयार भएका हुन्।’

स्रोतका अनुसार केहीबेर अघि गृहमन्त्री सुधन गुरुङलाई समेत सुनसरी घट्नास्थलमा जानका लागि बालेनलेनै आग्रह गरेका थिए।

सुनसरी घट्नालाई सामान्य रुपमा लिँदै प्रधानमन्त्री शाहले फेसबुक स्ट्याटसमार्फत शान्तिका लागि आह्वान गरेको विषयमा चौतर्फी आलोचना भएको थियो।

त्यो आलोचनाका बाबजुद पनि प्रधानमन्त्री शाहले बुधबार पनि राष्ट्रको नाममा संबोधन गर्न चाहेका थिएनन्। तर, विस्तारै डढेलोजस्तै बढेर मधेश अशान्त बनेपछि शाहले सम्बोधन गर्न तयार भएका हुन्।