BIZMANDU
www.bizmandu.com

विभाग खारेज हुने भएपछि चिलुवाल गण्डकीमा, २३ सहसचिव सरुवा हुँदा गृहबाट बाहिरिए तीन जना

२०८३ साउन १४

विभाग खारेज हुने भएपछि चिलुवाल गण्डकीमा, २३ सहसचिव सरुवा हुँदा गृहबाट बाहिरिए तीन जना
विभाग खारेज हुने भएपछि चिलुवाल गण्डकीमा, २३ सहसचिव सरुवा हुँदा गृहबाट बाहिरिए तीन जना

काठमाडौं। सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत २३ जना सहसचिवको सरुवा गरेको हो।

Tata
GBIME

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवाललाई गण्डकी प्रदेश पुर्‍याइएको छ। सरकारले यो विभाग खारेज गर्ने तयारी गरेको छ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत देवराज जोशी अर्थ मन्त्रालयमा भित्रिएका छन्। यस्तै गण्डकी प्रदेशबाट ऋषिराम आचार्यलाई लगानी बोर्डमा ल्याइएको छ भने प्रद्युम्नप्रसाद उपाध्यायलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। उपाध्याय हाल लोकसेवा आयोगमा कार्यरत छन्।

कालीप्रसाद रिजाल, सुमन घिमिरे र धर्मराज जोशी गृह मन्त्रालयबाट बाहिरिएका छन्।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका रिजाल महिला आयोग र मूल्यांकन महाशाखा प्रमुख घिमिरे नेपाल ट्रष्टको कार्यालय पुगेका छन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी जोशीलाई सुदूरपश्चिम प्रदेश पुर्‍याइएको छ।