BIZMANDU
www.bizmandu.com

सुनसरी घटनालाई लिएर प्रदर्शन चर्किएपछि सिरहा र धनुषामा अनिश्चितकालका लागि कर्फ्यू जारी

२०८३ साउन १४

सुनसरी घटनालाई लिएर प्रदर्शन चर्किएपछि सिरहा र धनुषामा अनिश्चितकालका लागि कर्फ्यू जारी
सुनसरी घटनालाई लिएर प्रदर्शन चर्किएपछि सिरहा र धनुषामा अनिश्चितकालका लागि कर्फ्यू जारी


काठमाडौं। सुनसरीको घटनालाई लिएर विरोध प्रदर्शन चर्किँदै गएपछि सिरहा र धनुषामा पनि कर्फ्यू आदेश जारी गरिएको छ।

Tata
GBIME

सिरहाको गोलबजार क्षेत्रमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यू आदेश जारी गरेको हो।

गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यू लागू हुनेछ। कर्फ्यू क्षेत्र पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वमा गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिममा चोहर्वा चोकसम्म फैलिएको छ। उत्तरतर्फ गोलबजार-६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार-४ स्थित राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रसमेत कर्फ्यूको दायरामा परेको छ।

प्रशासनका अनुसार कर्फ्यू बिहीबार (साउन १४ गते) दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहनेछ। यस अवधिमा सम्बन्धित क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा अन्य गतिविधिमा रोक लगाइएको छ।

त्यस्तै, धनुषामा पनि चार किल्ला तोकेर कर्फ्यू जारी भएको छ। प्रदर्शन चर्किएपछि त्यहाँ सुरक्षाकर्मीले हवाई फायर समेत गरेका थिए।

अवस्था नियन्त्रणमा लिन प्रशासनले लक्ष्मीनिया हाटबजार चोक, नगराईन नगरपालिकका देखि नगराईन चोकसम्म लगायतका क्षेत्रमा कर्फ्यू लगाएको हो।

त्यहाँ दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको प्रशासनको भनाइ छ।