BIZMANDU
www.bizmandu.com

दक्षिण कोरियाको ईपीएस आवेदनको म्याद थपिएसँगै राहदानी विभागले खोल्यो थप आवेदन फाराम

२०८३ साउन १४

दक्षिण कोरियाको ईपीएस आवेदनको म्याद थपिएसँगै राहदानी विभागले खोल्यो थप आवेदन फाराम
दक्षिण कोरियाको ईपीएस आवेदनको म्याद थपिएसँगै राहदानी विभागले खोल्यो थप आवेदन फाराम


काठमाडौं। राहदानी विभागले आगामी सोमबार अर्थात् १८ साउनसम्म राहदानीका लागि आवेदन फाराम खुला राख्ने भएको छ।

Tata
GBIME

सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेतलाई ध्यानमा राखेर विभागले उक्त अवधिसम्म आवेदन फाराम खुला गरेको हो।

वैदेशिक रोजगार विभागले १४ साउनमा जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थप गरिएको विषयलाई समेत ध्यानमा राख्दै राहदानी विभागले हाललाई थप आवेदन फाराम खोल्ने जनाएको छ।

ईपीएसका लागि आवेदन दिने नेपाली सेवाग्राहीको चापलाई ध्यानमा राखेर यसअघि राहदानी विभागले आवेदन फाराम खुला राखेको थियो। विभागका अनुसार हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भएर राहदानीसम्बन्धी सेवा लिनुपर्नेछ।

विभागले सेवाग्राहीलाई आफूले आवेदन फाराममा उल्लेख गरेको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन अनुरोध गरेको छ।

राहदानी विभागले सेवाग्राहीको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।