BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु, देवानगञ्ज घटनाले अन्य जिल्लामा पनि सतर्कता

२०८३ साउन १४

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु, देवानगञ्ज घटनाले अन्य जिल्लामा पनि सतर्कता
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु, देवानगञ्ज घटनाले अन्य जिल्लामा पनि सतर्कता

काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।

Tata
GBIME

बैठकमा पछिल्लो समयमा सुनसरीको देवानगञ्जमा भएका घटनाले उत्पन्न असहज परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको हो। आइतबार सुनसरी देवानगञ्जमामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो।

चार दिनसम्म पनि सुनसरीको दक्षिणवर्ती क्षेत्रका लागि सुरक्षा निकायमा उच्च सतर्कता छ। अन्य जिल्लामा पनि देवानगञ्ज घटनाको इफेक्ट देखिन सक्ने आशंकामा प्रहरीलाई अलर्ट राखिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा  प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षासचिव रहने व्यवस्था छ।