काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंमा प्रदर्शन गर्दै आएका लघुवित्तका ऋणीसँग वार्ता गर्न समिति गठन गरेका छन्।
वाग्लेले बिहीबार मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका हुन्।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्।
समितिले पीडितका नाममा प्रदर्शनमा उत्रिएका लघुवित्तका ऋणीलाई बिहीबार नै वार्तामा बोलाउँदैछ।