काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
गत आइतबार राति सुनसरीमा भएको घटनालाई लिएर तराई क्षेत्र अशान्त बनिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका हुन्।
बैठक आज बिहान ११:३० बजे बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ,’ प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ।