BIZMANDU
www.bizmandu.com

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभावले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२०८३ साउन १४

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभावले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभावले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने


काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ।

बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिमा उल्लेख छ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार बिहीबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेश प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।