काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका र कप्तानगञ्जमा भएको पछिल्लो घटनालाई सामान्यीकरण गर्न स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले ऐक्यबद्धता जनाएका छन्। सुनसरीबाट संघीय संसदमा निर्वाचित तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा भएको संयुक्त बैठकमा अराजक घटना रोक्न सर्वपक्षीय पहल गर्ने प्रतिबद्धता जनाइएको हो।
पाँच बुँदे निर्णयमा घटनाबारेका अपुष्ट र भ्रामक सूचना सेयर नगर्न सबैलाई अपिल समेत गरिएको छ।
सर्वपक्षीय बैठकमा गृहमन्त्री सुधन गुरुङका प्रमुख स्वकीय सचिव जेम्स कार्की तथा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस क्षेत्रीको उपस्थिति रहेको थियो।
घटनाका सम्बन्धमा विभागीय मन्त्रीको जबाफदेहिता खोजी भइरहेका बेला मन्त्रीका स्वकीय सचिव भने सर्वपक्षीय बैठकमा उपस्थित भएका हुन्।

