काठमाडौं। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भइ समसामयिक विषयमा सम्बोधन गर्न आग्रह गरेका छन्।
उनले बुधबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बालेनलाई भेटी संसद्मा सम्बोधन गर्न आग्रह गरेका हुन्। बालेनले विचार गर्ने जवाफ दिएका छन्।
‘मैले प्रधानमन्त्रीलाई सीधा भनें, तपाइँले संसद्मा उपस्थित हुँदा राम्रो हुन्छ। समसामयिक विषयमा सम्बोधन गर्नुभए राम्रो हुन्छ भनें। उहाँले म विचार गर्छु भन्नुभयो,’ बालेनसँगको भेटबारे सभामुख अर्यालले भने।
प्रतिनिधि सभाको बैठक दुई साताको अन्तरालपछि बिहीबार बस्दैछ।