BIZMANDU
www.bizmandu.com

सेयर बजार बढेन, नेप्से ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा, कारोबार ४ अर्बमा सीमित

२०८३ साउन १३

सेयर बजार बढेन, नेप्से ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा, कारोबार ४ अर्बमा सीमित
सेयर बजार बढेन, नेप्से ७.७९ अंकले घट्दै २६८८.८८ विन्दुमा, कारोबार ४ अर्बमा सीमित


काठमाडौं। सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ। नेप्से परिसूचक बुधबार ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा आएको छ।

Vigo
GBIME
Tata

कारोबारमा आएका म्युचुअल फण्ड र अन्य बाहेकका सबै उपसमूह घट्दा बजार ओह्रालो लागेको हो। बजार यसअघि सोमबार ३३.२८ र मंगलबार ४.६४ अंकले घटेको थियो। बुधबार उत्पादन तथा प्रशोधन क्षेत्रको सूचक सबैभन्दा धेरै ०.६० प्रतिशतले घटेको छ।

सेयरमूल्य घट्दा १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। गरिमा समृद्धि योजनाको मूल्य सबैभन्दा धेरै ६.६० प्रतिशतले घटेको छ। बुधबार सूचकसँगै सेयर कारोबार रकम घटेको छ। ११ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो।

मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार घटेर कारोबार रकम ४ अर्ब २ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ।

हिमालय‍न पावर पार्टनरको सबैभन्दा धेरै २२ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, खानीखोला हाइड्रोपावरको २१ करोड १७ लाख र रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।