BIZMANDU
www.bizmandu.com

माइतीघरको डुबान समाधान गर्ने महानगरको प्रयास, टुकुचामा निकास पठाउन भत्काइयो पर्खाल

२०८३ साउन १३

माइतीघरको डुबान समाधान गर्ने महानगरको प्रयास, टुकुचामा निकास पठाउन भत्काइयो पर्खाल
माइतीघरको डुबान समाधान गर्ने महानगरको प्रयास, टुकुचामा निकास पठाउन भत्काइयो पर्खाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा पानी जम्मा हुने समस्या समाधानका लागि आजबाट काम थालेको छ।

Vigo
GBIME
Tata

महानगरले संघीय सरकार र नेपाली सेनासँग सहकार्यमा माइतीघर क्षेत्रमा जम्मा हुने पानीको निकास खोल्ने काम थालेको हो।

पछिल्लो समय ठूलो पानी पर्दा माइतीघर क्षेत्र पुरै डुबानमा पर्ने गरेको छ। आसपासको सिमसार क्षेत्र मिचेर त्यहाँ सरकारी भवन बनेका छन्। त्यस्तै, ढल र पानी निकासको प्रबन्ध पनि पुरानो भइसकेको छ।

त्यसैले अब पानी जम्न नदिन महानगरले निकासका लागि काम थालेको हो।

आज महानगरले नेपाली सेनासँगको सहकार्यमा सैन्य ब्यारेक रहेको पर्खाल भत्काएको हो। सो ब्यारेक भित्रबाट टुकुचा खोला बग्ने गर्छ। त्यहाँ फिब्व अजिमाको मन्दिर पनि छ। टुकुचासम्म पानीको निकास पठाउन पर्खाल भत्काइएको हो।