BIZMANDU
www.bizmandu.com

आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सक, माइतीघरमा प्रदर्शन

२०८३ साउन १३

आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सक, माइतीघरमा प्रदर्शन
आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिए चिकित्सक, माइतीघरमा प्रदर्शन


काठमाडौं। चिकित्सकहरूले बुधबार विरोधका कार्यक्रमहरूलाई जारी राखेका छन्। देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

Tata
GBIME

सो क्रममा बुधबार माइतीघरमा पनि चिकित्सकहरूले प्रदर्शन गरेका छन्।

नेपाल चिकित्सक संघले साउन ९ गते वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण भएको जनाएको छ। साथै, अस्पतालमा तोडफोड हुनुका साथै आक्रमणमा परेका चिकित्सकसहित आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निलम्बन गरिएको बताइएको छ।

उक्त घटनाका सम्बन्धमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने संघले जनाएको छ। उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने संघले बताएको छ।