BIZMANDU
www.bizmandu.com

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि, सर्वदलीय बैठकमा भएको छलफलबारे गरे ब्रिफिङ

२०८३ साउन १३

राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि, सर्वदलीय बैठकमा भएको छलफलबारे गरे ब्रिफिङ
राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि, सर्वदलीय बैठकमा भएको छलफलबारे गरे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज छलफल भएको छ।

Tata
GBIME

सिंहबारमा सर्वदलीय बैठकपछि लामिछाने बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। त्यसक्रममा राष्ट्रपति पौडेललाई लामिछानेले बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

भेटमा लामिछानेले राष्ट्रपति पौडेलसँग पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाका विषयमा छलफल गरेका गरेका थिए।

सुनसरीमा सद्भाव बिथोल्न सक्ने अवस्था सिर्जना भएपछि आज लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। सो बैठकमा प्रधानमन्त्री र गृहमन्त्री भने सहभागी भएनन्।

विपक्षी दलहरुले भने यस्तो अवस्थामा प्रधानमन्त्री र गृहमन्त्री सामाजिक संजालमा मात्रै सीमित हुन नहुने बताएका थिए।