BIZMANDU
www.bizmandu.com

हिमाल डेन्टलले आइपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

२०८३ साउन १३

हिमाल डेन्टलले आइपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
हिमाल डेन्टलले आइपीओ जारी गर्दै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं। हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्सले आइपीओ जारी गर्ने भएको छ। डेन्टलले आफ्नो जारी पुँजीको २० प्रतिशत आइपीओ निष्काशन गर्न लागेको हो।

Tata
GBIME

सर्वसाधारणमा साधारण सेयर जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतापत्रमा हिमाल डेन्टलका अध्यक्ष राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले उपचारसँगै दन्त रोगको रोकथाम र नियमित मुख स्वास्थ्य परीक्षणको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न पनि जोड दिँदै आएको छ।