BIZMANDU
www.bizmandu.com

त्रिदेशीय सिरिजको अन्तिम खेलमा जितको आशामा उत्रिँदै नेपाल, लगातार तीन हारले संकट

२०८३ साउन १३

त्रिदेशीय सिरिजको अन्तिम खेलमा जितको आशामा उत्रिँदै नेपाल, लगातार तीन हारले संकट
त्रिदेशीय सिरिजको अन्तिम खेलमा जितको आशामा उत्रिँदै नेपाल, लगातार तीन हारले संकट


काठमाडौं। नेपाली क्रिकेट टोलीले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिदेशीय सिरिजमा ३ खेलमा लगातार हारेको नेपाल चौथो खेलमा जितको खोजीमा मैदान उत्रनेछ।

Tata
GBIME

घरेलु टोली नेदरल्याण्ड्सविरुद्ध नेपाल दिउँसो पौने ३ बजे मैदानमा उत्रने छ।

जारी सिरिजमा नेपाली टोलीको खासगरी ब्याटिङ निराशाजनक छ। तेस्रो खेलमा त बलर ललित राजवंशीलाई निकालेर भीम सार्कीलाई टिममा राखे पनि नामिबियाले दिएको सामान्य लक्ष्य नेपालले भेट्टाउन सकेन।

लगातार शीर्षक्रमका ब्याटर फ्लप भइरहँदा पनि प्रशिक्षकले परिर्वतन गरेका छैनन्। दबाब बढेसँगै शीर्षक्रममा विनोद भण्डारी र अर्जुन कुमाललाई आजको खेलमा टिममा ल्याउने दबाब हुनेछ।

नेपाल यो सिरिजअघि अंक तालिकाको पाँचौँ स्थानमा थियो। शतप्रतिशत जित निकाल्दै नेपाल तेस्रो स्थानको नेदरल्याण्ड्सँग अंक बराबरी गर्नसक्ने सम्भावना र लक्ष्य थियो। तर, लगातारको हारसँगै नेपाल छैटौँ स्थानमा मात्र झरेको छैन एकदिवसीय मान्यता नै जोखिममा पर्ने देखिएको छ।

शीर्ष ३ स्थानमा रहँदै ग्लोबल क्वालिफायर खेल्ने लक्ष्यमा रहेको नेपालले पुछारको दुईमा रहँदै एकदिवसीय मान्यताकै लागि प्लेअफ खेल्नेतिर बाटो बनाइरहेको छ।

आजको खेल जितेको खण्डमा नेपालले पाँचौँ स्थानको नामिबियासँग बराबरी गर्नेछ।