BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार भोलि रातिदेखि १८ गते बिहानसम्म अवरुद्ध हुने

२०८३ साउन १३

सिटिजन लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार भोलि रातिदेखि १८ गते बिहानसम्म अवरुद्ध हुने
सिटिजन लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार भोलि रातिदेखि १८ गते बिहानसम्म अवरुद्ध हुने

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार बिहीबार रातिदेखि १८ गते बिहानसम्म अवरुद्ध हुने भएको छ।

Tata
GBIME

इन्स्योरेन्सले सफ्टवेयर प्रतिस्थापनका लागि बिहीबार राति ८ बजेदेखि १८ गते बिहान ८ बजेसम्म कारोबार अवरुद्ध हुने बताएको छ। कम्पनीले अहिले लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम-आई सोलुसन चलाइरहेकामा त्यसलाई प्रतिस्थापन गर्न लागेको हो।

कम्पनीका अनुसार अहिलेको सफ्टवेयरलाई आई सोलुसन भर्सन नेक्सटमा प्रतिस्थापन गर्न लागेका कारण केन्द्रीय कार्यालय तथा शाखा/उपशाखा कार्यालयबाट भौतिक रुपमा हुने बीमालेखासँग सम्बन्धित सेवा, डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी र मोबाइल एप तथा ग्राहक पोर्टल अवरुद्ध हुनेछ।