BIZMANDU
www.bizmandu.com

सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्ले ढिलोगरी उपस्थित, दलहरुले खोजे प्रधानमन्त्री र गृहमन्त्री

२०८३ साउन १३

सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्ले ढिलोगरी उपस्थित, दलहरुले खोजे प्रधानमन्त्री र गृहमन्त्री
सर्वदलीय बैठकमा अर्थमन्त्री वाग्ले ढिलोगरी उपस्थित, दलहरुले खोजे प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं। सुनसरीको देवानगञ्ज घटनाबाट उत्पन्न असहज परिस्थितिको निकास खोज्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा ढिलोगरी अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित भएका छन्।

Tata
GBIME

बैठक सार्वजनिक लेखा समितिको सभाकक्ष सिंहदरबारमा भइरहेको हो। ८ बजेका लागि बोलाइएको बैठकमा मन्त्री वाग्ले ढिला आइपुगेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित भएकोमा दलहरुले चासो राखिरहँदा अर्थमन्त्री वाग्ले उपस्थित भएका हुन्।

दलहरुले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठाइरहेका छन्। सरकार संयमित हुनुपर्ने भन्दै दलहरुले सरकारको भूमिकालाई लिएर बैठकमा आलोचना गरेका थिए।