BIZMANDU
www.bizmandu.com

नेपाली ग्राहक तथा व्यवसायीको पहुँच विश्वभरका उत्पादनमा पुर्‍याउने उद्देश्यसहित जीट्रेडएले थाल्यो सेवा

२०८३ साउन १३

नेपाली ग्राहक तथा व्यवसायीको पहुँच विश्वभरका उत्पादनमा पुर्‍याउने उद्देश्यसहित जीट्रेडएले थाल्यो सेवा
नेपाली ग्राहक तथा व्यवसायीको पहुँच विश्वभरका उत्पादनमा पुर्‍याउने उद्देश्यसहित जीट्रेडएले थाल्यो सेवा


काठमाडौं। इ-कमर्स प्लेटफर्म जीट्रेडए डट कम (gtradea.com) औपचारिक रूपमा संचालनमा आएको छ। नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्‍याउने उद्देश्यसहित यो संचालनमा आएको बताइएको छ।

Tata
GBIME

कम्पनीले गुणस्तरीय उत्पादनहरूलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन कारोबारलाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

कम्पनीले अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न सामानको बीमा र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

‘बियोन्ड बोर्डर्स’ भन्ने नाराका साथ अघि बढेको यस प्लेटफर्मले नेपाली उपभोक्ताहरूलाई विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्दै सुरक्षित र झन्झटमुक्त डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यसबाट अन्तर्राष्ट्रिय बजारका लाखौँ सामग्रीहरू सजिलै खोज्न र अर्डर गर्न सकिन्छ। सुरक्षित र व्यवस्थित तरिकाले सामान घरदैलोमा पुर्‍याउने व्यवस्था कम्पनीले गर्ने जानकारी दिएको छ।

प्लेटफर्ममामा महिला, पुरुष तथा बालबालिकाहरूका लागि विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता र फेसन एसेसोरिज, बालबालिकाका लागि शैक्षिक तथा मनोरञ्जनात्मक खेलौनाहरू, छाला तथा कपालको हेरचाह गर्ने विभिन्न ब्युटी तथा पर्सनल केयर प्रोडक्टहरू, दैनिक जीवन र कार्यालयका लागि उपयोगी विभिन्न प्रकारका ग्याजेट तथा इलेक्ट्रोनिक सामानहरू, घर, भान्सा र दैनिक प्रयोजनका लागि आवश्यक विभिन्न उपभोग्य वस्तुहरू अर्डर गर्न सकिन्छ।