BIZMANDU
www.bizmandu.com

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक

२०८३ साउन १२

गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक
गगन थापाले बोलाए कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका छन्। बैठक भोलि बुधबार बिहान ८:३० बजेका लागि डाकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले जानकारी दिए।

Tata
GBIME

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएकोले उक्त बैठक बस्न लागिएको दुलालले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज श्रावण १२ गते हेलिस अस्तालमा उपचारका क्रममा निधन भएको हुँदा शोक प्रस्ताव पारित गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८३ श्रावण १३ गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन भनिएको छ।

श्रेष्ठको निधनले आफूलाई मर्माहत बनाएको कांग्रेस सभापति थापाले बताएका छन्।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ,’ थापाले भनेका छन्।

श्रेष्ठको भोलि अन्त्येष्टी गरिने कांग्रेसले जनाएको छ।