BIZMANDU
www.bizmandu.com

खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने

२०८३ साउन १२

खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने
खिम्ती-घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने


काठमाडौं । वन्डर्स ईनर्जी प्रालीले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको छ।

Tata
GBIME

उक्त आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड ऋण लगानी गर्ने सम्झौता भएको हो। सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल ईनर्जी बैकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध संचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।

दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ को मि भएर बहने खिम्ती-घ्वाङ् खोलामा आयोजना बन्नेछ। आयोजना २०८४ साल चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

आयोजनाको लागि आवश्यक जग्गा प्राप्ति र रुख कटानको अनुमति वैशाख १५ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको थियो। आवश्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भइसकेको जनाइएको छ।

सभिल, हाईड्रो मेकानिकल र ईलेक्ट्रो मेकानिकल निमार्ण ठेक्का सम्झौता सम्पन्न भएर अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणका लागि लाग्ने १ अर्ब ८० करोड मध्ये १ अर्ब २४ करोड ऋण लगानीको लागि एमएमबी बैंकसँग आज सम्झौता भएको हो। बाँकी ५६ करोड मध्ये ३५ करोड जुटिसकेको र ३० करोड असोज भित्रमा जुटाउने गरि काम भइरहेको प्रबन्ध संचालक प्रकाशचन्द्र दुलालले बताए।