BIZMANDU
www.bizmandu.com

सरकारी कर्मचारीलाई जापानको ३९ करोड रुपैयाँको छात्रवृत्ति, अर्थसचिव र राजदूतले गरे सम्झौतामा हस्ताक्षर

२०८३ साउन १२

काठमाडौं। जापानले मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) परियोजना अन्तर्गत नेपाललाई करिब ३९ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

Tata
GBIME

यस सम्बन्धमा नेपाल र जापानबीच सम्झौता भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन्।

उनीहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष अकिहिको तानाकाको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

यो छात्रवृत्ति कार्यक्रम अन्तर्गत सरकारी कर्मचारीले जापानका विभिन्न विश्वविद्यालयमा २ वर्षको स्नातकोत्तर तथा ३ वर्षको विद्यावारिधी कोर्स गर्न पाउने मन्त्रालयले जनाएको छ।

जापानले सन् २०१६ देखि यो छात्रवृत्ति दिंदै आएको छ। यो कार्यक्रम अन्तर्गत अहिलेसम्म २०० भन्दा बढी सरकारी कर्मचारीले जापानमा उच्च शिक्षा हासिल गरेका छन्।