BIZMANDU
www.bizmandu.com

बैंकदेखि हाइड्रोसम्म २९ कम्पनीले ३९.५३ अर्बको हकप्रद सेयर बिक्री गर्दै, कुनको कति रकमको?

२०८३ साउन १२

बैंकदेखि हाइड्रोसम्म २९ कम्पनीले ३९.५३ अर्बको हकप्रद सेयर बिक्री गर्दै, कुनको कति रकमको?
बैंकदेखि हाइड्रोसम्म २९ कम्पनीले ३९.५३ अर्बको हकप्रद सेयर बिक्री गर्दै, कुनको कति रकमको?


काठमाडौं। हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिने कम्पनीको संख्या २९ पुगेको छ।

Tata
GBIME

चालु आर्थिक वर्ष साउन दोस्रो सातासम्म सेबोनमा २९ कम्पनीले ३९ अर्ब ५३ करोड ९३ लाख ७८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीको अनुमतिका लागि निवेदन दिएका हुन्।

हकप्रद सेयर निष्कासन गर्न चाहनेमा बैंकदेखि इन्स्योरेन्स, हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी र होटल छन्।

एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। यस्तै साहस ऊर्जाले ४ अर्ब ५७ करोडको हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव गरेको छ।

हकप्रद सेयर बिक्रीको अनुमति माग्दै सेबोन पुगेका कम्पनी

कम्पनीको नामहकप्रद अनुपातनिष्कासन रकम (रू)
बाराही हाइड्रोपावर पब्लिक१:०१२५०००००००
सानिमा जीआइसी इन्स्योरेन्स १०:०१.७३६५५०००००
सीईडीबी होल्डिङ्स ०१:००.५५६३६५९१९८
मन्दाकिनी हाइड्रोपावर ०१:००.७४२९४२४२५०
नेपाल ल्यूब आयल १:०२१४५७२५३६०
माईखोला हाइड्रोपावर १:०१३९२१५६८००
सगरमाथा जलविद्युत कम्पनी १:०१११७३२०००००
सयपत्री हाइड्रोपावर १०:०७.४२२२५५८९८९.१०
राधी विद्युत कम्पनी ०१:००.७१२८५२६२६४४
पाँचथर पावर कम्पनी१:०१९६२५०००००
दोल्ती पावर कम्पनी०१:०१.०५१५९८६०००
ओरिएन्टल होटल्स१०:०२.७३१५५०५०४०
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी ०१:००.९४८२३८४०००
मुक्तिनाथ कृषि कम्पनी ०१:००.६४५३६०००००
मनकामना इन्जिनियरिङ हाइड्रोपावर ०१:००.८६१७१२६८००
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट १:०११७९८१२११९९
घोराही सिमेन्ट इण्डस्ट्री ०१:००.७३७६८३४०७०३
नेपाल वेयर हाउसिङ कम्पनी१:०१६८७५०००००
मोदी इनर्जी०१:००.९२६१०८५००००
कालिन्चोक दर्शन१:०१६३०००००००
हिमालयन हाइड्रोपावर१:०११०९५००००००
साहस ऊर्जा १:०१४५७३८०००००
पिपुल्स हाइड्रोपावर कम्पनी१:०१३२००००००००
रुरु जलविद्युत परियोजना०१:००.७४५३८५७७६३
अरुण कावेली पावर २:०११९४७९७११००
एनआइसी एसिया बैंक२:०१७४५८७८३५००
चन्द्रागिरी हिल्स १:०११६१०७९५५५०
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स०१:००.२७३०३२००००
प्रभु इन्स्योरेन्स०१:००.४७९९४४९४००
कुल रकम३९५३९३७८२९६
स्रोत : नेपाल धितोपत्र बोर्ड