BIZMANDU
www.bizmandu.com

विराजभक्तले फेरे दुई विभागका डीजी, विद्युत विकास विभागमा गौतम र सिँचाइमा श्रेष्ठ

२०८३ साउन १२

विराजभक्तले फेरे दुई विभागका डीजी, विद्युत विकास विभागमा गौतम र सिँचाइमा श्रेष्ठ
विराजभक्तले फेरे दुई विभागका डीजी, विद्युत विकास विभागमा गौतम र सिँचाइमा श्रेष्ठ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मातहतका दुई विभागमा प्रमुख फेरेका छन्।

Tata
GBIME

विराजभक्तले विद्युत विकास विभाग र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक फेरेका हुन्। दुवै विभागका महानिर्देशकलाई मन्त्रालयमा तानिएको छ।

मन्त्रीले विद्युत विकास विभागमा मन्त्रालयका सहसचिव सागरराज गौतम र सिँचाइ विभागमा मन्त्रालयकै सहसचिव महेश्वर श्रेष्ठलाई महानिर्देशक बनाउने निर्णय गरेका छन्।

विद्युत विकास विभागमा मनदेवी श्रेष्ठ र सिँचाइ विभागमा मित्र बराल महानिर्देशकका रुपमा कार्यरत थिए।

मनदेवी गत असोज दोस्रो साता विद्युत विकासको महानिर्देशक बनेकी थिइन्। बराल सिँचाइको महानिर्देशक बनेको एक वर्ष पुग्न एक साता बाँकी छँदा सरुवामा परेका हुन्।