BIZMANDU
www.bizmandu.com

चिकित्सकमाथि राज्यले दमन गरेको विरोधमा आज अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

२०८३ साउन १२

चिकित्सकमाथि राज्यले दमन गरेको विरोधमा आज अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
चिकित्सकमाथि राज्यले दमन गरेको विरोधमा आज अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प


काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ।

Tata
GBIME

वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पताल तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा चिकित्सकहरुमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघ आन्दोलित भएको हो।

संघले प्रेस विज्ञप्ति जारी गर्दै साउन ९ गते टाउकोमा गम्भीर चोट लागेका डा. प्रमोद रामसहित अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीहरुलाई ’स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ। साथै, वार्ताको क्रममा दुर्व्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउन संघले माग गरेको छ।

राज्यको दमनको विरोध स्वरुप संघले साउन १२ गते आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने घोषणा पनि गरेको छ।

सर्वपक्षीय भेलापछि आन्दोलनका थप कार्यक्रम तय गरिने जनाइएको छ। संघले बिरामीहरूमा पर्न जाने असुविधाको जिम्मेवार नेपाल सरकार स्वयं हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।