BIZMANDU
www.bizmandu.com

अब फोन कलबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट बुकिङ र खरिद गर्न सकिने

२०८३ साउन १२

अब फोन कलबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट बुकिङ र खरिद गर्न सकिने
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat


काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानका यात्रुहरुका लागि फोन कलमार्फत नै टिकट बुकिङ तथा खरिद गर्न सकिने सुविधा संचालनमा ल्याएको छ।

Tata
GBIME

यसअघि बिक्रीकक्ष, वेबसाइट, मोबाइल एप तथा ट्राभल एजेन्टहरुमार्फत टिकट खरिदको सुविधा दिँदै आएको निगमले साउन ११ गतेदेखि फोनबाटै सिधै टिकट बुक तथा खरिद गर्न सकिने गरि सेवा विस्तार गरेको जनाएको हो।

यसका लागि यात्रुले कार्यालय समयभित्र निगमको फोन नम्बर ९७७-०१-५७१८५३८ मा फोन गर्नुपर्नेछ।

फोनमार्फत आफ्नो गन्तव्य, सिटको उपलब्धता र भाडादरबारे बुझिसकेपछि बुकिङका लागि आवश्यक विवरण जस्तै इमेल, मोबाइल नम्बर, पासपोर्ट र भिसा उपलब्ध गराउनुपर्नेछ।

विवरण बुझाएपछि निगमले पठाएको क्यूआर कोड मार्फत टिकटको मूल्य भुक्तानी गरेर घरबाटै ई-टिकट प्राप्त गर्न सकिने जनाइएको छ।

निगमले यो व्यवस्थाले यात्रुहरुलाई काउन्टरसम्म धाउनुपर्ने झन्झटबाट बाध्यता हट्ने र सेवा थप सहज हुने विश्वास लिएको छ।