BIZMANDU
www.bizmandu.com

सुशील श्रेष्ठको तस्विर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

२०८३ साउन ११

सुशील श्रेष्ठको तस्विर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट
सुशील श्रेष्ठको तस्विर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट


काठमाडौं । बिजमाण्डूका फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएको छ।

Tata
GBIME

मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको हो।

आयोजकका अनुसार महोत्सव आगामी सेप्टेम्बर ४ देखि १३ सम्म ग्रीसको पालायो फालिरो सिटी हल कल्चरल भेन्युमा आयोजना हुनेछ। प्रदर्शनीमा छनोट भएका तस्बिर फुजिफिल्म फोटो पेपरमा मुद्रण गरी प्रदर्शन गरिनेछ।

छनोट भएका सहभागीले सात दिनभित्र तोकिएको शुल्क भुक्तानी गरेर उच्च गुणस्तरका तस्बिर तथा भुक्तानीको प्रमाण पठाउनुपर्ने व्यवस्था छ।

श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटनसम्बन्धी तस्बिर प्रदर्शन हुने अवसर नेपालको प्रवर्धनका लागि महत्वपूर्ण भएको बताएका छन्। उनले सहभागिताका लागि आवश्यक शुल्क व्यवस्थापनमा नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायको सहयोग अपेक्षा गरेका छन्।

आयोजकका अनुसार महोत्सवमा प्रदर्शनी सम्पन्न भएपछि सहभागीलाई डिजिटल सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ। साथै, छनोट भएका तस्बिर आयोजकको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिने जनाइएको छ।