BIZMANDU
www.bizmandu.com

अमेरिकी डलर उच्च मूल्यमा स्थिर, युरो घट्यो पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

२०८३ साउन ११

अमेरिकी डलर उच्च मूल्यमा स्थिर, युरो घट्यो पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलर उच्च मूल्यमा स्थिर, युरो घट्यो पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। साताको दोस्रो दिन अमेरिकी डलर स्थिर रहँदा युरो, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर लगायत केही मुद्राको मूल्य घटेको छ। पाउण्ड स्टर्लिङ, सिंगापुर डलर, कतारी रियाल, दक्षिण कोरियन वोन र स्वीडिस क्रोनरको मूल्यमा सामान्य बढोत्तरी छ।

Tata
GBIME

राष्ट्र बैंकका अनुसार सोमबार १ अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा छ। यो दर आइतबारकै बराबर हो। उच्च मूल्यमा पुगेर गत बिहीबारयता अमेरिकी डलर स्थिरजस्तै छ।

गत बुधबार खरिद दर १५३ रुपैयाँ ६८ पैसा र बिक्री दर १५४ रुपैयाँ २८ पैसा थियो। बिहीबार खरिद दर १५४.२१ र बिक्री दर १५४.८१ भएकोमा त्यसयता स्थिरजस्तै छ।

सोमबार युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ३१ पैसा र बिक्री दर १७५ रुपैयाँ ९९ पैसा कायम भएको छ। आइतबारको तुलनामा खरिदमा ३३ पैसा र बिक्रीमा ३३ पैसा घटेको हो। स्वीस फ्रयांक पनि खरिदमा ३८ पैसा र बिक्रीमा ३८ पैसा घटेर क्रमशः १८८ रुपैयाँ ४९ पैसा र १८९ रुपैयाँ २२ पैसामा झरेको छ।

यस्तै अष्ट्रेलियन डलर खरिदमा १७ पैसा र बिक्रीमा १७ पैसा तथा क्यानेडियन डलर खरिदमा १२ पैसा र बिक्रीमा १२ पैसा घटेको छ। जापानी येन पनि एक/एक पैसा घटेको छ।

यता पाउण्ड स्टर्लिङको मूल्य भने सामान्य बढेको छ। यसको खरिददर अघिल्लो दिनका तुलनामा ८ पैसा बढेर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर पनि ८ पैसा बढेर २०६ रुपैयाँ २६ पैसा पुगेको छ। सिंगापुर डलर खरिद र बिक्री दुवैमा ३/३ पैसा बढेको छ।

कतारी रियाल खरिद र बिक्रीमा २/२ पैसा बढेको छ भने दक्षिण कोरियन वोन खरिदमा ३ पैसा र बिक्रीमा २ पैसा बढेको छ। स्वीडिस क्रोनर पनि खरिद र बिक्री दुवैमा २/२ पैसा बढेको छ।

चिनियाँ युआन, साउदी अरेबियन रियाल, यूएई दिराम, मलेसियन रिंगिट, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर स्थिर छ।

यस्तै थाइ भाटको बिक्रीदर एक पैसा घटेको छ भने डेनिस क्रोनर खरिदमा ३ पैसा र बिक्रीमा ४ पैसा घटेको छ। हङकङ डलरको खरिददर पनि एक पैसा घटेको छ भने बिक्रीदर स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५४.२११५४.८१
युरोपियन युरो१७५.३११७५.९९
पाउण्ड स्टर्लिङ२०५.४६२०६.२६
स्वीस फ्रयांक१८८.४९१८९.२२
अष्ट्रेलियन डलर१०७.६५१०८.०७
क्यानेडियन डलर१०९.४११०९.८३
सिंगापुर डलर११९.४८११९.९५
जापानी येन१०९.४१९.४५
चिनियाँ युआन२२.७७२२.८६
साउदी रियाल४१.०८४१.२४
कतारी रियाल४२.३२४२.४८
थाइ भाट४.५८४.५९
यूएई दिराम४१.९९४२.१५
मलेसियन रिंगेट३७.६९३७.८४
साउथ कोरियन वोन१००१०.५७१०.६१
स्वीडिश क्रोनर१५.८८१५.९४
डेनिश क्रोनर२३.४६२३.५५
हङकङ डलर१९.६६१९.७४
कुवेती दिनार५०१.०१५०२.९६
बहरेन दिनार४०८.९९४१०.५८
ओमानी रियाल४००.५३४०२.०९
स्रोत : नेपाल राष्ट्र बैंक