काठमाडौं। मुलुकको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आन्तरिक उत्पादन पर्याप्त भएकाले भारतबाट बिजुली आयात भएको छैन।
यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ। राष्ट्रिय प्रसारण प्रणालीमा निजी क्षेत्रका आयोजनाहरुले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका सहायक कम्पनीहरुको योगदान १७ हजार १०८ मेगावाट घण्टा बराबर छ।
प्राधिकरणका आफ्नै आयोजनाबाट कुल ८ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ। कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग ३ हजार २४८ मेगावाट बराबर छ।
वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको जनाएको छ।
सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ।