BIZMANDU
www.bizmandu.com

एमबीएसको प्रश्नपत्र लिक गरेको आरोपमा सिंह पक्राउ, प्रश्नपत्रको गोपनीयता भंगमा हुँदै अनुसन्धान

२०८३ साउन १०

एमबीएसको प्रश्नपत्र लिक गरेको आरोपमा सिंह पक्राउ, प्रश्नपत्रको गोपनीयता भंगमा हुँदै अनुसन्धान
एमबीएसको प्रश्नपत्र लिक गरेको आरोपमा सिंह पक्राउ, प्रश्नपत्रको गोपनीयता भंगमा हुँदै अनुसन्धान

काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस  प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Tata
GBIME

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले उक्त प्रकरणमा संलग्न भएको आरोपमा कैलाली घोडाघोडी नगरपालिका ११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ बस्ने वर्ष ३३ का सन्दीप सिंहलाई पक्राउ गरेको हो।

साउन ८ गते व्यवस्थापन संकायको संगठनात्मक व्यवहार विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही क्षणमै आउट भएको थियो। ह्वाट्सएपका माध्यमबाट उक्त प्रश्नपत्र सार्वजनिक भएको बाहिर आएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा सिंह पक्राउ परेको सिआइबीका प्रवक्ता अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।