BIZMANDU
www.bizmandu.com

१२० वर्ष भन्दा पुरानो न्यूयोर्कको प्रसिद्ध भवन, कोठाको मूल्य ९ अर्ब रुपैयाँभन्दा महंगो

२०८३ साउन १०

१२० वर्ष भन्दा पुरानो न्यूयोर्कको प्रसिद्ध भवन, कोठाको मूल्य ९ अर्ब रुपैयाँभन्दा महंगो
१२० वर्ष भन्दा पुरानो न्यूयोर्कको प्रसिद्ध भवन, कोठाको मूल्य ९ अर्ब रुपैयाँभन्दा महंगो


अमेरिकाको न्यूयोर्क सहरमा १२० वर्ष भन्दा पुरानो त्रिकोणात्मक ढाँचाको भवनलाई लक्जरी आवासीय भवनमा रुपान्तरण गरिएको छ।

Tata
GBIME

विश्वभर प्रसिद्ध रहेको त्रिकोणात्मक ढाँचाको ऐतिहासिक फ्ल्याटआयरन बिल्डिङलाई अल्ट्रा लक्जरी आवासीय भवनमा रूपान्तरण गरिएको हो।

विगत ७ वर्षदेखि यो भवनको मर्मतसम्भार चलिरहेकझो थियो। जसका लागि ‘स्क्याफोल्डिङ’ गरिएको भवनको बाहिरी आवरण हटाउने काम अन्तिम चरणमा पुगेको छ।

सन् १९०२ मा वास्तुकार ड्यानियल बर्नह्यामको डिजाइनमा निर्मित ९४ मिटर अग्लो यो भवन लामो समयसम्म व्यापारिक कार्यालयका रूपमा प्रयोग हुँदै आएको थियो।

सन् २०१९ मा अन्तिम कार्यालय खाली भएपछि यस भवनबारे स्वामित्व विवाद चुलियो। स्वामित्व परिवर्तनका बीच सन् २०२३ बाट यसलाई आवासमा ढाल्ने आयोजना सुरु भएको हो।

Photo Courtesy of The Flatiron Building/BBC

३६ वटा ओपन कन्सेप्ट अपार्टमेन्टमा रहने ३ बेडरुम युनिटको सुरुवाती मूल्य ११ मिलियन अमेरिकी डलर ( हालको विनिमय दर अनुसार करिब १ अर्ब ७० करोड नेपाली रुपैयाँ) राखिएको छ।

माथिल्लो तलामा रहेको ५-बेडरुमको पेन्टहाउस ५८.५ मिलियन डलर ( हालको विनिमय दर अनुसार ९ अर्ब रुपैयाँभन्दा माथि) मा खरिद सम्झौता भइसकेको छ।

भवनको सबैभन्दा साँघुरो चुच्चो भाग १.८ मिटर मात्र फराकिलो रहेका छ। आधुनिक डिजाइन टोली ‘स्टुडियो सोफिल्ड’ ले यसको ऐतिहासिक स्वरूप नबिग्रिने गरि आन्तरिक सजावट गरेको बताइन्छ।

भवनको अन्डरग्राउन्ड र सार्वजनिक क्षेत्रमा १८ मिटर लामो स्विमिङ पुल, बिलियर्ड्स रुम, पियानो लाउन्ज र वेलनेस सेन्टर पनि समावेश गरिएका छन्।

पुनर्निर्माणका क्रममा २०औँ तलामा फेला परेको पुरानो लुकेको Balcony, भवनका पुराना भर्‍याङका फलामबाट बनाइएका बाथरुम सिन्क र पुराना रेस्टुरेन्टका मेनु तथा सामाग्रीहरूलाई लबीमा सङ्ग्रहालयका रूपमा सजाइने अन्तर्राष्ट्रिय संचारमाध्यले उल्लेख गरेका छन्।

यो भवनमा नयाँ बासिन्दाहरु आगामी केही महिनाभित्रै सर्न सुरु गर्ने बताइएको छ। सन् २०२७ को सुरुसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने भनिएको छ।

प्रख्यात भवनको बाहिरी आवरण खुला भएसँगै पहिलोपटक यस ऐतिहासिक संरचनालाई रातको समयमा विशेष बत्तीहरूले झिलिमिली पार्ने तयारी पनि छ।