BIZMANDU
www.bizmandu.com

चुफेङको विद्युतीय पिकअप ‘एम ३१ ए’ साउनभित्रै आउने, फुल चार्जमा २८० किमीसम्म चल्ने

२०८३ साउन १०

चुफेङको विद्युतीय पिकअप ‘एम ३१ ए’ साउनभित्रै आउने, फुल चार्जमा २८० किमीसम्म चल्ने
चुफेङको विद्युतीय पिकअप ‘एम ३१ ए’ साउनभित्रै आउने, फुल चार्जमा २८० किमीसम्म चल्ने


काठमाडौं। लाइफ म्याटर्स अटोमोटिभ्सले चुफेङको विद्युतीय कमर्सियल पिकअप ‘एम ३१ ए’ नेपालमा बिक्री सुरु गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले सार्वजनिक गरेको टिजरमार्फत ‘द वेट इज अलमोस्ट ओभर’ भन्ने सन्देशसहित पिकअप एम ३१ ए मोडल छिट्टै आउने जानकारी दिएको हो। साउनको अन्तिम साता सार्वजनिक गरेर भदौदेखि बिक्री सुरु गर्ने योजनामा कम्पनी छ। कम्पनीका अनुसार यो विद्युतीय पिकअप विशेषगरी व्यावसायिक प्रयोगका लागि हो।

उक्त इलेक्ट्रिक पिकअप नेपालमा सामान ढुवानी, लजिस्टिक्स, वितरण सेवा, कृषि तथा साना-मझौला व्यवसायका लागि उपयुक्त विकल्प बन्ने अपेक्षा गरिएको छ। संचालन खर्च कम हुने, वातावरणमैत्री प्रविधिमा आधारित र दैनिक व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ।

पिकअपमा ३५ किलोवाट रेटेड तथा ७० किलोवाट पिक पावर उत्पादन गर्ने इलेक्ट्रिक मोटर रहेको छ। यसले २३० एनएमसम्म टर्क उत्पादन गर्छ भने ४१.९३ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ। एक पटकको फुल चार्जमा २८० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

यो पिकअपको अधिकतम गति ९० किमि प्रतिघण्टा छ भने गाडी २५ डिग्रीसम्मको उकालोमा चढ्न सक्ने क्षमता रहेको छ। गाडीमा ३.३ किलोवाट एसी स्लो चार्जिङ र डीसी फास्ट चार्जिङ दुवै सुविधा उपलब्ध गराइएको छ।

आकारका हिसाबले उक्त इलेक्ट्रिक पिकअपको लम्बाइ ४.९६० मिटर, चौडाइ १.६३६ मिटर र उचाइ २ मिटर रहेको छ। १४६० केजी पेलोड क्षमता तथा २०० एमएमभन्दा बढी ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।

सुरक्षाका लागि गाडीमा एबीएस र इबीडी, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, इलेक्ट्रिक पावर स्टेयरिङ तथा हेभी-ड्युटी सस्पेन्सन जस्ता सुविधा दिइएको छ। कम्पनी उक्त गाडीमा २ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्ने तयारी गरिरहेको छ।