काठमाडौं। डिम्याट खाता संख्या ८० लाख नाघेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका (सीडीएससी)का अनुसार पछिल्लो ५ वर्षमा डिम्याट खाता संख्या दोब्बरभन्दा बढी पुगेको छ।
आर्थिक वर्ष २०७७/७८मा डिम्याट खाता संख्या ३७ लाख ८९ हजार रहेकामा २०८२/८३ को मसान्तसम्म ८० लाख ८ हजार पुगेको छ।
सेयर किनबेचमा प्रविधिले ल्याएको फड्को र नेपाल धितोपत्र बोर्ड(सेबोन)को १० कित्ते नीतिको प्रभावस्वरुप डिम्याट खाता संख्या उल्लेख्यरुपमा बढेको हो।
लगानीकर्ताले आइपीओमा न्यूनतम् १० कित्ता सेयरका लागि आवेदन दिन पाउने व्यवस्था छ। कम्पनीको आइपीओको मूल्य दोस्रो बजारमा तीन/चार गुणासम्म पुग्ने भएकाले प्राथमिक बजारमा नयाँ लगानीकर्ताको संख्या थपिरहेको छ।
आइपीओमा ३० लाख आवेदन पर्न थालेको छ। मेरो सेयर रजिस्टर्ड गर्नेहरुको संख्या ७० लाख ९६ हजार पुगेको छ। मेरो सेयरका सक्रिय प्रयोगकर्ता ५१ लाख ४८ हजार छन्।
पछिल्लो ६ वर्षमा नेपालमा डिम्याट खाता संख्या
| आर्थिक वर्ष | डिम्याट खाता संख्या |
| २०७७/७८ | ३७८९००० |
| २०७८/७९ | ५३४६००० |
| २०७९/८० | ५८२३००० |
| २०८०/८१ | ६३९५००० |
| २०८१/८२ | ६९९७००० |
| २०८२/८३ | ८००८६२३ |