BIZMANDU
www.bizmandu.com

ह्याम्स अस्पतालले भारतको म्याक्ससँग सहकार्य गर्ने, बिरामीलाई विशेषज्ञ सेवामा सहज पहुँच

२०८३ साउन १०

ह्याम्स अस्पतालले भारतको म्याक्ससँग सहकार्य गर्ने, बिरामीलाई विशेषज्ञ सेवामा सहज पहुँच
ह्याम्स अस्पतालले भारतको म्याक्ससँग सहकार्य गर्ने, बिरामीलाई विशेषज्ञ सेवामा सहज पहुँच


काठमाडौं। ह्याम्स अस्पतालले भारतको म्याक्स सुपर स्पेसालिटी अस्पताल (साकेत)सँग रणनीतिक सहकार्य गर्ने भएको छ।

Tata
GBIME

ह्याम्सले हालै काठमाडौंमा आयोजित ‘कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगति’ विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा साकेतसँग रणनीतिक सहकार्य गर्ने घोषणा गरेको हो।

नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले साकेतसँग सहकार्यको घोषणा गरेको अस्पतालले जनाएको छ।

साकेतसँगको बफ्नो सहकार्यले जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्न तथा उपचारअधि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सहयोग पुग्ने ह्याम्सले बताएको छ।

‘म्याक्स हेल्थकेयरसँगको रणनीतिक सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास लिएका छौं। यस सहकार्यमार्फत उपचारपूर्व विशेषज्ञ परामर्शदेखि उपचार समन्वय तथा उपचारपछिको निरन्तर फलो-अप सेवासम्मको प्रणाली विकास हुनेछ। हाम्रो लक्ष्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय, सहज, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो,’ अस्पतालका अध्यक्ष आरएस भण्डारीलाई उद्यृत गर्दै ह्याम्सले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।