BIZMANDU
www.bizmandu.com

मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि प्रतिभा फायर, खोसिन् निमित्तको आर्थिक अधिकार

२०८३ साउन ८

मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि प्रतिभा फायर, खोसिन् निमित्तको आर्थिक अधिकार
भूमि व्यवस्थामन्त्री प्रतिभा रावल


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेकी छन्।

Tata
GBIME

मन्त्री रावलले मन्त्रालयले खटाएका शाखा अधिकृत तारादत्त भट्टलाई हाजिर गर्न नदिइएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेकी हुन्।

मन्त्रालयले भट्टलाई असार १० गतेको निर्णयबाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको थियो। तर गाउँपालिकाले उनलाई हाजिर गर्न नदिइ फिर्ता गरेको थियो।

मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेखी निमित्त प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराएको छ।

मन्त्रालयले आफूले खटाएका प्रमुख प्रशासकीय अधिकृत भट्टमार्फत मात्र गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन भनेको छ।

मन्त्रालयले गाउँपालिकालाई भट्टलाई तत्काल हाजिर गराई सहजरुपमा काम गर्न दिन पनि आग्रह गरेको छ।