BIZMANDU
www.bizmandu.com

बजेटमा घोषित आर्थिक सुधारका काम गर्न स्वर्णिमले थाले पहल, उद्योगमन्त्रीले मागिन् सहयोग

२०८३ साउन ८

बजेटमा घोषित आर्थिक सुधारका काम गर्न स्वर्णिमले थाले पहल, उद्योगमन्त्रीले मागिन् सहयोग
बजेटमा घोषित आर्थिक सुधारका काम गर्न स्वर्णिमले थाले पहल, उद्योगमन्त्रीले मागिन् सहयोग


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता फुकाउने काम अगाडि बढाउन पहल थालेका छन्।

Tata
GBIME

उनले तालिका नै बनाएर सुरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेका छन्। मन्त्री वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रम उद्योग मन्त्रालयसँग सम्बन्धित रहेको भन्दै काम अगाडि बढाउन आग्रह गरे।

‘बजेटमार्फत सुधार गर्ने भनिएका नीतिगत र कानुनी काम उद्योग मन्त्रालयले तदारुकताका साथ अघि बढाओस्,’ वाग्लेले भने, ‘विज्ञ, स्रोतसाधन वा अर्थ मन्त्रालयले अरू के-के सहयोग गर्नुपर्ने हो भन्नुहोस्।’

छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र मन्त्रालयका उच्च अधिकृतहरु सहभागी थिए।

अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण र विदेशी लगानी आकर्षित गर्न तत्काल गर्नुपर्ने कानुनी काम केही साताभित्रै सक्नुपर्ने बताए।

उद्योगमन्त्री गौरीकुमारीले बजेटमा घोषणा गरिएका सुधार योजना अघि बढाउन मन्त्रालयले गृहकार्य गरिरहेको भन्दै अर्थ मन्त्रालयको पनि प्राविधिक सहयोग आवश्यक रहेको बताइन्।

‘उद्योग मन्त्रालय मातहत सुधारका ८ वटा कार्यक्रम छन्,’ उनले भनिन्, ‘केहीमा काम थालेका छौं। केही अगाडि बढाउने चरणमा छौं। हामीलाई तपाइद्दहरुको पनि प्राविधिक सहयोग चाहिन्छ।’

चालु आर्थिक वर्षको बजेटमा उद्योग मन्त्रालयमातहत कम्पनी ऐन, दामासाहीसम्बन्धी ऐन संशोधनदेखि उधारो असुली ऐन, बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन बनाउनेसम्मका विषय छन्।