BIZMANDU
www.bizmandu.com

मितेरी डेभलपमेन्ट बैंकले कमायो १४.१२ करोड नाफा, लाभांश १२.७३ प्रतिशत दिन सक्ने क्षमता

२०८३ साउन ८

मितेरी डेभलपमेन्ट बैंकले कमायो १४.१२ करोड नाफा, लाभांश १२.७३ प्रतिशत दिन सक्ने क्षमता
मितेरी डेभलपमेन्ट बैंकले कमायो १४.१२ करोड नाफा, लाभांश १२.७३ प्रतिशत दिन सक्ने क्षमता


काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको नाफा बढेको छ। बैंकको नाफा गत आर्थिक वर्ष २०८२/८३ मा ८.८९ प्रतिशतले वृद्धि भएको हो। बैंकले गत वर्ष १४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ।

GBIME
Tata

अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९५ लाख नाफा गरेको थियो। ब्याज आम्दानी बढेपछि बैंकको नाफा वृद्धि भएको हो। बैंकले गत आर्थिक वर्ष ३० करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २० करोड ४५ लाख रुपैयाँ थियो।

बैंकले खराब कर्जा पनि घटाएको छ। अघिल्लो असारमा ०.२८ प्रतिशत रहेको खराब कर्जा अहिले ०.२६ प्रतिशतमा झरेको छ।

बैंकको पुँजीकोष अनुपात पनि निकै सबल देखिन्छ। असार मसान्तसम्म यस्तो रेसियो २५.५० प्रतिशत छ। बैंकको कष्ट अफ फण्ड ४.२२ प्रतिशतमा झरेको छ भने बेसरेट ५.९८ प्रतिशत छ।

बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख रुपैयाँ छ। यसलाई आधार मान्दा बैंकले सेयरधनीलाई १२.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

बैंकको प्रति सेयर आम्दानी ११.६० रुपैयाँ र प्रति सेयर नेटवर्थ १४३.२० रुपैयाँ छ।