काठमाडौं। हाल देशभर मनसुनी वायूको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा थोरै माथि तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। तराई भू-भागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ।
मधेश र कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश र कोशी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।