काठमाडौं। ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिसँग सम्बन्धित बीमा ऐन उल्लंघन प्रकरणमा मृदुला सरिया पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा बिहीबार काठमाडौंको सानो गौचरणबाट मृदुलालाई पक्राउ गरेको हो।
प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा कैफियत भेटिएपछि मृदुलालाई पक्राउ गरेर अनुसन्धान गर्न सीआइबीलाई पत्राचार गरेको थियो।