BIZMANDU
www.bizmandu.com

नियमन आयोगमा धितालको टिममा सिलवाल, पाठक र भण्डारी, ‘यो टिमले निराश पार्दैन’

२०८३ साउन ७

नियमन आयोगमा धितालको टिममा सिलवाल, पाठक र भण्डारी, ‘यो टिमले निराश पार्दैन’
नियमन आयोगमा धितालको टिममा सिलवाल, पाठक र भण्डारी, ‘यो टिमले निराश पार्दैन’


काठमाडौं। विद्युत नियमन आयोगमा बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारी सदस्य नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्त गरेको हो।

Tata
GBIME

अध्यक्षमा अढाइ महिनाअघि अध्यादेशका कारण पदमुक्त भएका डा. रामप्रसाद धितालले नै बाजी मारेका छन्।

आयोगका नवनियुक्त पदाधिकारीलाई बिहीबार ऊर्जा मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराइएको छ।

ऊर्जामन्त्री श्रेष्ठले आयोगका नवनियुक्त पदाधिकारीलाई नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए।
नवनियुक्त पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष धितालले मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने बताए। उनले विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्ने पनि बताए। ‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ। मन्त्रालयसँग क्लोज कोर्डिनेसनमा काम गर्छौं। यो टिमले निराश पार्दैन,’ उनले भने।