BIZMANDU
www.bizmandu.com

स्मार्टफोन एक वर्षमा पौने २३ लाख थान आयात, बाहिरियो ४८ अर्ब ६९ करोड रुपैयाँ

२०८३ साउन ७

स्मार्टफोन एक वर्षमा पौने २३ लाख थान आयात, बाहिरियो ४८ अर्ब ६९ करोड रुपैयाँ
स्मार्टफोन एक वर्षमा पौने २३ लाख थान आयात, बाहिरियो ४८ अर्ब ६९ करोड रुपैयाँ


काठमाडौं। स्मार्टफोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ८२ हजार ७२५ थान बढी स्मार्टफोन भित्रिएको हो।

Vigo
GBIME
Tata

गत आर्थिक वर्ष २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको छ। त्यसमध्ये २ लाख २६ हजार २२० थान स्मार्टफोन असार महिनामा भित्रिएका हुन्। असारमा मात्रै ५ अर्ब २३ करोड ८७ लाख १६ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार बराबरको फोन आयात भएको थियो ।

स्मार्टफोन सबैभन्दा धेरै चीनबाट आयात भएको छ। चीनबाट ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको १८ लाख ८९ हजार ६६४ थान स्मार्टफोन आयात भएको हो।

स्मार्टफोन आयातबाट एक बर्षमा ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।