BIZMANDU
www.bizmandu.com

सरकारका गलत क्रियाकलापविरुद्ध विरोधमा उत्रिन ओलीको आग्रह, ‘मुर्झाएर बस्ने होइन’

२०८३ साउन ७

सरकारका गलत क्रियाकलापविरुद्ध विरोधमा उत्रिन ओलीको आग्रह, ‘मुर्झाएर बस्ने होइन’
सरकारका गलत क्रियाकलापविरुद्ध विरोधमा उत्रिन ओलीको आग्रह, ‘मुर्झाएर बस्ने होइन’

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन्।

Tata
GBIME

उनले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारमाथि पञ्चायत र राणा शासनमा जस्तो निरंकुशता देखाएको आरोप लगाएका छन्।

‘सरकारले कुन राणा शासकको जमानामा छौं सोचेको छ? यही कुरा चलिरहन दिनु हुँदैन,’ उनले भने।

ओलीले असंवैधानिक काम तत्काल रोक्नुपर्ने बताए। सरकारका गलत क्रियाकलापविरुद्ध जनताले विरोध जनाउनुपर्ने बताए। ‘मुर्झाएर बस्ने होइन। हरेस खाएर बस्ने होइन। फुटबल खेल्दा कति पटक खेलाडी लड्छ। फेरि उठ्छ,’ उनले भने।

ओलीले प्रदेशमा देखिएको अलमल केही दिनमै टुंगिने बताए। प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउने समझदारी बनेको छ।