BIZMANDU
www.bizmandu.com

आयात १६.२० प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्बको वस्तु भित्रिंदा असारमा मात्र २.०२ खर्बको

२०८३ साउन ७

आयात १६.२० प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्बको वस्तु भित्रिंदा असारमा मात्र २.०२ खर्बको
आयात १६.२० प्रतिशतले वृद्धि, एक वर्षमा २१ खर्बको वस्तु भित्रिंदा असारमा मात्र २.०२ खर्बको


काठमाडौं। गत आर्थिक वर्ष करिब २१ खर्बको वस्तु आयात भएको छ।

Tata
GBIME

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी अर्थात २० खर्ब ९६ अर्ब ३७ करोडको वस्तु आयात भएको हो।

त्यसमध्ये २ खर्ब २ अर्ब २८ करोडको वस्तु असार महिनामा भित्रिएको हो। गत आर्थिक वर्ष लगातार चौथो महिना २ खर्ब भन्दा बढी मूल्यको वस्तु आयात भएको हो।

जेठमा २ खर्ब १ अर्ब ४५ करोड, वैशाखमा २ खर्ब २ अर्ब ३९ करोड र चैतमा २ खर्ब १ अर्ब २४ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक।

गत आर्थिक वर्ष साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब, पुसमा १ खर्ब ७३ अर्ब,  माघमा १ खर्ब ८४ अर्ब र फागुनमा १ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु भित्रिएको थियो।

निर्यात १३.८१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात गरिएको छ। त्यसमध्ये ३३ अर्ब ३३ करोड रुपैयाँको वस्तु असारमा निर्यात गरिएको हो।

अघिल्लो आर्थिक वर्ष २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात गरिएको थियो।

निर्यात भन्दा आयात धेरै भएकाले व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ। गत आरु्थिक वर्ष १७ खर्ब ८१ अर्ब रुपैयाँ बराबर व्यापार घाटा भएको हो।