BIZMANDU
www.bizmandu.com

आन्तरिकतर्फ ४ प्रतिशत र आयातमा १२.७८ प्रतिशतले बढ्यो भ्याट, कुन शीर्षकमा कति उठ्यो?

२०८३ साउन ७

आन्तरिकतर्फ ४ प्रतिशत र आयातमा १२.७८ प्रतिशतले बढ्यो भ्याट, कुन शीर्षकमा कति उठ्यो?
आन्तरिकतर्फ ४ प्रतिशत र आयातमा १२.७८ प्रतिशतले बढ्यो भ्याट, कुन शीर्षकमा कति उठ्यो?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा आन्तरिकतर्फ ४ प्रतिशत र आयाततर्फ १२.७८ प्रतिशतले मूल्य अभिवृद्धि कर (भ्याट) वृद्धि भएको छ।

Tata
GBIME

गत आर्थिक वर्षमा आन्तरिकतर्फ कूल १ खर्ब ५२ अर्ब ८८ करोड भ्याट संकलन भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ४६ अर्ब ८७ करोड संकलन भएको थियो।    

आयाततर्फ १ खर्ब ९५ अर्ब ७ करोडबाट बढेर गत आर्थिक वर्षमा २ खर्ब २० अर्ब संकलन भएको छ।

गत वर्ष आन्तरिकतर्फ उत्पादन क्षेत्रबाट ४८ अर्ब ४ करोड भ्याट उठेको छ। त्यस्तै वस्तु बिक्री तथा वितरण शीर्षकबाट ३१ अर्ब ८० करोड उठेको छ।  

परामर्श तथा ठेक्काबाट २७ अर्ब ४९ करोड, पर्यटन सेवाबाट ४ अर्ब ६ करोड र सञ्चार सेवा, बीमा, हवाई उडानलगायत शीर्षकमा ३२ अर्ब ३५ करोड संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

त्यसैगरी बेदर्तावाला (रिभर्स चार्ज) शीर्षकमा ९ अर्ब १४ करोड संकलन भएको छ।