BIZMANDU
www.bizmandu.com

नेपाल माइक्रो इन्स्योरेन्सका सीइओ रिमाल पक्राउ, दीपक भट्टसँगको कनेक्सनका कसुरमा अनुसन्धान

२०८३ साउन ७

नेपाल माइक्रो इन्स्योरेन्सका सीइओ रिमाल पक्राउ, दीपक भट्टसँगको कनेक्सनका कसुरमा अनुसन्धान
नेपाल माइक्रो इन्स्योरेन्सका सीइओ रिमाल पक्राउ, दीपक भट्टसँगको कनेक्सनका कसुरमा अनुसन्धान

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

GBIME
Tata

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले बिहीबार उनलाई काठमाडौंको सिफलबाट पक्राउ गरेको हो। विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएका धितोपत्र र बीमा सम्बन्धी कसुरमा उनलाई अदालतको आदेशमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

ब्युरोका एसएसपी अनुपम शमशेर जबराले रिमाललाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा हाजिर गराइएको जनाएका छन्।

उनी जोडिएका दुई मुद्दा जिल्ला अदालत काठमाडौंमा जेठको अन्तिम साता दर्ता भइसकेका छन्। बीमा र धितोपत्र बोर्डसम्बन्धी मुद्दामा दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी माग गरिएको थियो। यद्यपि, उनीहरू सम्पत्ति शुद्धीकरण मुद्दामा भने हाल पनि पुर्पक्षका लागि थुनामै छन्।

अन्य फरार व्यक्तिलाई भने प्रहरीले खोजी गरेर अदालतमा हाजिर गराउन थालेको हो।